Shikhar Insurance
National Life

एक्शन प्लान बनाइ बजार अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई मुख्यसचिव अर्यालको निर्देशन

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १८:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक्शन प्लान बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

चाडपर्वको बेलामा खाद्यान्नमा मिसावट हुने, मूलय वृद्धि गर्ने र कालोबजारी गर्ने क्रम बढ्ने भन्दै नागरिकलाई ठगिन नदिन एक्शन प्लान बनाएर बजार अनुगमन गर्न सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले चाडपर्व शुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट शुरु हुने गरेको भन्दै आवश्यक निरीक्षण गर्न निर्देशन दिए । स्थानीय तहसँग समन्वय गरेर कुनैपनि हिसावमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेहरुलाई कारबाहीस्को दायरामा ल्याउन आग्रह गरे ।

उनले कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्याए आफूलाई भन्न पनि आग्रह गरे । उनले जनतालाई सुशासन दिनुपर्ने, अपराधको नियन्त्रण र चाडपर्व र नेपालीहरु निराश भएको अहिलेको अवस्थामा भाडा बढाउने, मिसावट गर्नेकुरा सरकारलाई सह्य नहुने बताए ।

प्रमुख जिल्ला अधिकारीहरुसँग चाडपर्वको बेलामा भएका अपराधिक गतिविधिहरुको रिपोर्ट प्रश्तुत गर्न पनि आग्रह गरे । उनले सडकलाई खाल्डाखुल्डी रहित बनाउन, पहिरोहरु पन्छाएर सडक व्यवस्थापन सहज बनाउन, सवारी साधनको उपलब्धता सहज गर्न र घटस्थापना भन्दा १५ दिन अघिदेखि नै गाडीको टिकट खुलाउन निर्देशन दिए ।

उनले भने, ‘धेरै ठाउँहरुमा सडकमा खाल्डाखुल्डी छन्, पहिरो आएका छन्, पहिरो पन्छाइएको छैन । सडकका खाल्डाखुल्डी र पहिरो पन्छाउने काम र यातायात सहजीकरणका लागि यातायात व्यवसायीहरुसँग मिलेर पब्लिकलाई कसरी उपभोक्तालाई सहज बनाउन सकिन्छ भनेर यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले हेर्नुपर्छ । अब खाल्डाखुल्डी भयो, गाडी एक्सिडेण्ट भयो, पहिरोका कारण समयमै गाडी पुगेन भने त्यो उपभोक्तालाई मर्का पर्छ ।’

‘चाडपर्व शुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट शुरु हुने गरेको भन्दै आवश्यक निरीक्षण गर्न निर्देशन दिन्छु । उपत्यकाको मात्रै होइन, ७७ वटै जिल्लाका जिल्ला प्रमुखहरुले स्थानीय तहसँग समन्वय गरेर बजार अनुगमनको एक्शन प्लान बनाउनुस् । कुनैपनि हिसावमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेकुरा सह्य हुँदैन’ उनले भने ।

‘हामीसँग कालोबजारी ऐन छ, एक्शनमा उत्रिनुस् र काम गर्नुस् । सबै व्यवसायीहरु बेइमानी हुँदैनन् । केही मानिसले गर्दा बद्नाम हुन्छ । बेइमान गर्नेलाई छोड्नु हुँदैन, सरकारले पनि छोड्दैन’ उनले थपे ‘कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्यायो भने मलाई भन्नुहोला, डराउनु पर्दैन । जनतालाई सुशासन दिनुपर्छ । चाडपर्व र यो खालको स्थितिमा, सबै हिसावले जनता प्रताडित भएको अवस्थामा भाडा बढाउने, मिसावट गर्नेकुरामा सरकारले सहँदैन ।’

जागिर खानका लागि मात्रै कार्यालय आउने र झोला बोकेर नेताहरुकोमा धाउने कामको अन्त्य गर्न पनि आग्रह गरे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्