Shikhar Insurance
National Life

ह्वावे डिजिटलद्धारा नेपाल पूर्वाधार सम्मेलनमा हरित ऊर्जा प्रविधि प्रस्तुत

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १७:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । ह्वावे डिजिटल पावरले नेपाल पूर्वाधार सम्मेलन २०२४ मा सफलतापूर्वक सहभागिता जनाएको छ । कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज सिएनआइले भदौ २७ गते र २८ गते मा काठमाडौं, नेपालमा सम्मेलनको आयोजना गरेको हो ।

दुई दिने कार्यक्रममा, विश्वभरका नीति निर्माता, उद्योगी ब्यवसायी र वैज्ञानिक आविस्कारकहरू भेला भएर नेपालको पूर्वाधार विकासको बारेमा भएको छलफल भएका थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्मेलनको प्रमुख ध्यान हरित ऊर्जा, दिगोपन, र डिजिटल रूपान्तरणमा केन्द्रित गरिएको थियो । यस वर्षको सम्मेलन नेपालको पूर्वाधारको भविष्यलाई आकार दिनमा स्वच्छ ऊर्जा र डिजिटलाइजेशनको महत्त्वपूर्ण भूमिका रहने तर्फ केन्द्रित रह्यो ।

भाद्र २७ को ऊर्जा र जलस्रोत प्यानल छलफलमा, ह्वावे एपीएसी डिजिटल पावर स्मार्ट पिभि एण्ड इएसएस का अध्यक्ष, चेन योंगले ँस्मार्ट र दिगो संसारको लागि ऊर्जा डिजिटलाइजेशन” शीर्षकमा अध्ययन प्रस्तुत गरे ।

उहाँले ह्वावेको वैश्विक ऊर्जा रुपान्तरणमा भूमिका, डिजिटल समाधानलाई पावर इलेक्ट्रोनिक्ससँग एकीकृत गरेर स्वच्छ ऊर्जा उपलब्ध गराउने र हरित क्रान्तिमा योगदान पुर्याउने स्पष्ट पारे ।

चेन योंगले भने, ‘वैश्विक ऊर्जा परिदृश्य द्रुत गतिमा परिवर्तन भइरहेको छ जलवायु परिवर्तनको आवश्यकता र दिगो वृद्धि विश्वव्यापी आवश्यकता हो । कम कार्बन उर्जा उत्पादन, इलेक्ट्रिक ऊर्जा खपत, र डिजिटलाइजेशनलाई एकीकृत गरेर हरित रूपान्तरणलाई सशक्त पार्न ह्वावे अडिग छ ।’

चेनले ह्वावे स्मार्ट पिभि सोलुसन्सहरूको बारेमा प्रकाश पार्दै, कृत्रिम बुद्धिमत्ता र क्लाउड कम्प्युटिङको मद्दतले सौर्य पावर प्लान्टहरूको प्रदर्शनलाई अधिकतम ऊर्जा उत्पादन सुनिश्चित गर्ने र सञ्चालन लागतलाई घटाउने उल्लेख गरे ।

उनले ह्वावेका स्मार्ट ब्याट्री एनर्जी स्टोरेज सिस्टम बीइएसएसको बारेमा थप व्याख्या समेत गर्नुरे । यस प्रविधिले भण्डारण दक्षता सुधार्छ, हानिलाई कम गर्छ, र नवीकरणीय ऊर्जा स्रोतहरूसँग सहज रूपमा एकीकृत हुन्छ ।

उनले ह्वावेको लिक्विड कुल्ड अति तिव्र चार्जिङ प्रविधिको परिचय पनि दिदैँ जसले तिव्र र सुविधाजनक इभि चार्जिङ प्रदान गर्दछ, विद्युतिय वाहनहरूको प्रयोगलाई सहज बनाउन सहयोग गर्दछ ।

सम्मेलनको समापनसँगै, ह्वावे डिजिटल पावरले नेपाललाई उन्नत डिजिटल पावर समाधानहरूसँग सशक्त पार्नका निम्ति आफ्नो प्रतिबद्धता पुन पुष्टि गरेको छ । स्थानीय सरोकारवालहरूसँगको साझेदारी मार्फत, ह्वावे डिजिटल पावरले नेपालको हरित र डिजिटल रूपान्तरणको यात्रा सहयोगी पात्रका रुपमा रहेने लक्ष्य राखेको छ ।

ह्वावे डिजिटल पावर टेक्नोलोजिज कम्पनि लिमिटेड संक्षेपमा ह्वावे डिजिटल पावर विश्वको एक प्रमुख डिजिटल पावर उत्पादन र समाधान प्रदायक हो । हामी डिजिटल र पावर इलेक्ट्रोनिक्स प्रविधिहरूलाई एकीकृत गर्ने, स्वच्छ उर्जा विकास गर्ने, र ऊर्जा डिजिटलाइजेशनलाई सक्षम पार्ने प्रतिबद्धता राख्दछौं ताकि एक राम्रो र हरित भविष्यको लागि ऊर्जा क्रान्ति उत्पन्न गर्न सकियोस् ।

स्वच्छ शक्ति उत्पादन क्षेत्रमा, हामी नयाँ पावर प्रणालीहरू सिर्जना गर्न मद्दत गर्दछौं जसले मुख्य रूपमा नवीकरणीय ऊर्जा निर्भर गर्दछ ।मोबिलिटी इलेक्ट्रिफिकेशन क्षेत्रमा, हामी विद्युतिय वाहनहरू इभि मा उपभोक्ता ड्राइभिङ्ग र चार्जिङ्ग अनुभवलाई सुधार्छौं जस मार्फत हरित यात्रा प्रवर्द्धन भैरहेको छ ।

हरित आइसिटि पावर पूर्वाधार क्षेत्रमा, हामी हरित, कम कार्बन, र बौद्धिक डेटा केन्द्रहरू र संचार नेटवर्कहरू निर्माण गर्न मद्दत गर्दछौं । ह्वावे डिजिटल पावरले विश्वका विभिन्न साझेदारहरूसँग खुला सहयोग मार्फत नवप्रवर्तन गर्दै कार्बन तटस्थता प्रवर्द्धन गर्दैछ । ह्वावे डिजिटल पावरले १७० भन्दा बढी देश र क्षेत्रहरूमा तीन अर्बभन्दा बढी व्यक्तिहरूलाई सेवा प्रदान गर्दछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्