Shikhar Insurance
National Life

युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न चीनको आग्रह

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १६:३३
Hyundai
NCELL
NIMB

एजेन्सी । चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । चीनका रक्षामन्त्री डोङ जुनले शुक्रबार बेइजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् ।

सियाङशान फोरमका लागि बेइजिङमा रूस, म्यान्मा, पाकिस्तान, सिङ्गापुर, इरान र जर्मनीका उच्च सैन्य प्रतिनिधिसहित ५ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मध्यपूर्वमा दूत पठाउने, उत्तरी म्यान्मामा अस्थायी युद्धविरामको मध्यस्थता गर्ने र गत वर्ष साउदी अरब र इरानबीच ऐतिहासिक मेलमिलाप गराउनेलगायत विश्वव्यापी द्वन्द्वमा मध्यस्थकर्ताका रुपमा बेइजिङले आफूलाई प्रस्तुत गरिरहेको बेला तीन दिने फोरम हुन लागेको हो ।

युक्रेन र इजरायल–प्यालेस्टाइनका विषयमा चीनले आफूलाई अमेरिकाभन्दा बढी तटस्थ रूपमा प्रस्तुत गरेको छ । ‘युक्रेनको सङ्कट र इजरायल–प्यालेस्टाइन द्वन्द्वजस्ता महत्त्वपूर्ण मुद्दाहरू समाधान गर्न शान्ति र वार्तालाई बढावा दिनु नै एक मात्र उपाय हो’ दोङले उद्घाटन समारोहमा भने ।

उनले भने, ‘युद्ध र द्वन्द्वमा कोही पनि विजेता हुँदैन, र मुठभेडले कहीँ पनि पुगिँदैन । ँद्वन्द्व जति चर्कियो, त्यति नै हामीले वार्ता र परामर्श त्याग्न सक्दैनौं । कुनै पनि द्वन्द्वको अन्त्य मेलमिलाप नै हो’ उनले थपे ‘सबै देशलाई शान्तिपूर्ण विकास र समावेशी शासनलाई बढावा दिन आह्वान गर्दछु ।’

फोरममा अमेरिका–चीन सम्बन्ध, युरोप र एसियाको सुरक्षा र बहुध्रुवीय विश्वमा प्रतिरक्षाका चुनौतीबारे छलफल हुनेछ । ‘राष्ट्रिय सुरक्षा अवधारणाहरूको प्रसारविरुद्ध नयाँ प्रविधिले सम्पूर्ण मानवजातिलाई अझ राम्रो फाइदा पुर्याउन सक्छ’ भन्ने सुनिश्चित गर्न दोङले आग्रह गरे ।

‘उच्च विश्वव्यापी सुरक्षा जोखिम र बढ्दो अस्थिरता र अनिश्चितताको समयमा, सबै देशहरूको रक्षा र सुरक्षा क्षमता निर्माण गर्ने जिम्मेवारी ठूलो छ’ उनले भने ।

उनले थप्दै भने, ‘बेइजिङ रणनीतिक गठबन्धनलाई मजबुत बनाउन, रक्षा परामर्शलाई गहन बनाउन, रक्षा सहयोगसम्बन्धी द्विपक्षीय र बहुपक्षीय सम्झौतामा हस्ताक्षर गर्न सबै पक्षसँग काम गर्न इच्छुक छ ।’

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्