Shikhar Insurance
National Life

प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रह : आगामी आवमा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस्

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १३:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्धर्नलाई सम्मान प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।

उनले २१ वटा मन्त्रालयमा सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयाई छुट्याइएको भन्दै आगामी आर्थिक वर्षमा थोरैमा १ प्रतिशत बजेट छुट्याइदिन आग्रह गरे । उनले पाराओलम्पिकमा काँस्य पदक प्राप्त गरेको भएपनि जोगाइरहने चुनौति नेपालसँग रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्मान ग्रहण गर्दै खेलाडी गोवद्र्धनले सम्मानित हुन पाउँदा धेरै खुशी भएको भन्दै सबैको साथ र सहयोगले मेडल प्राप्त गर्न सफल भएको बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्