Shikhar Insurance
National Life

कर्मचारीहरूलाई अर्थमन्त्री पौडेलले भने, ‘सरुवा-बढुवाको कुरा लिएर मलाई भेट्न नआउनू’

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १२:५२
Hyundai
NCELL
NIMB

काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार लाजिम्पाट स्थित आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा मन्त्री पौडेलले कर्मचारीहरुलाई इमान्दारिता पुर्वक काम गर्न भनेका हुन् ।

उनले कोही पनि सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन आग्रह गरे । उनले आफ्नो रुची र चासो कर प्रशासनमा उल्लेखनिय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताए । सरकारकाे लक्ष अनुसार राजश्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न पनि आग्रह पनि गरे । उनले कर्मचारीहरुलाई आन्तरिक राजश्व रणनीति कार्यान्वयनका लागि जोड समेत दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कर्मचारीहरुलाई निर्देशन दिदैं मन्त्री पौडेलले भने, ‘कोही पनि साथीहरु सरुवा, बढुवा अरु कुनै प्रयोजनका निम्ति मन्त्री कहाँ नआउनु होला । मन्त्रीको एउटा मात्रै रुची र एउटा मात्रै चासो छ की, हाम्रो कर प्रशासनमा उल्लेखनिय सुधार होस्, र लक्ष्य पूरा होस् ।

त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै दिन हामी तयार छौँ । सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ । त्यस हिसावले अघि बढ्न आग्रह गर्दछु । हामीले भर्खरै आन्तरिक राजश्व रणनीति परिचालन गरेका छौँ । यो रणनीति कार्यान्वयनको प्राथमिकतामा रहनेछ । रणनीति कार्यान्वयनमा जोड दिनुहोला ।’

उपप्रधानमन्त्री पौडेलले आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताए । उनले लक्षित राजश्व लक्ष्य सम्पूर्ण रुपमा पूरा गर्न पनि निर्देशन दिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्