Shikhar Insurance
National Life

कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु : कृषिमन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १२:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन प्रयत्नरत रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कृषि ऐन नै लामो समयदेखि ल्याउन नसकेको भन्दै अब छिटै कृषि ऐन ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले मन्त्रालयले कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरु तर्जुमा गर्नका लागि शुरुवात गरिसकेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेको बताए । उनले बीउ विजन नियमावली चाँडो भन्दा चाँडो पास गराउने प्रतिवद्धता जनाए ।

मन्त्री अधिकारीले किसानलाई परेका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले व्यवसायिक हितका लागि सरकारले आवश्यक काम गरिरहेको पनि उल्लेख गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्