Shikhar Insurance
National Life

तनहुँमा ७ सय बढी साना उद्योग थपिए

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १२:०६
Hyundai
NCELL
NIMB

तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा ७ सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ ३ सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् ।

उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० मा ६६ लाख चार हजार दुई सय राजस्व सङ्कलन गरेको यो कार्यालयले आव २०८०/८१ मा ५१ लाख ४ हजार आठ सय राजस्व सङ्कलन गरेको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आवमा नवीकरण हुन थालेपछि राजस्वमा वृद्वि हुन थालेको छ, आव २०८०/८१ मा एक हजार एक सय ३७ उद्योग र आठ सय १७ वाणिज्य नवीकरण भएका छन्’ कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने ।

त्यसैगरी २०८१/८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन् । चालु आवमा उद्योगतर्फ साउन महिनामा तीन सय ९७ र भदौमा एक सय ७४ तथा वाणिज्यतर्फ साउनमा तीन सय २७ र भदौमा दुई सय ११ वटा उद्योग नवीकरण भइसकेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्