Shikhar Insurance
National Life

बाढी र आगजनीको उच्च जोखिममा मधेस, बीमाप्रति किन छैन आकर्षण ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार ११:५०
Hyundai
NCELL
NIMB

पर्सा । मधेस प्रदेश बाढी र आगजनीको उच्च जोखिममा भए पनि यहाँका जनता भने बीमामा खासै आकर्षित हुन सकिरहेका छैनन् । बीमा नगर्दा मनसुनजन्य र आगजनीका घटना भए पनि प्राप्त गर्न सकिने लाभबाट वञ्चित भइरहेका छन् । मधेसको कूल जनसङ्ख्या ६१ लाख १४ हजार छ सय छ भने जीवन बीमा गर्नेको सङ्ख्या भने कुल जनसङ्ख्याको ८.९५ प्रतिशत छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेस प्रदेशमा बर्सेनि बाढी र आगजनीका घटना हुने गरे पनि बीमा गर्नेतर्फ सर्वसाधारणको रुचि नभएको बताए । ‘मधेस प्रदेशमा गरिबीको रेखामुनि धेरै सर्वसाधारण छन् । यस्तो अवस्थामा प्रदेश सरकारले बीमा गरिदिने संस्कारको विकास हुन जरुरी छ’, उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म मधेस प्रदेशमा निर्जीवन बीमाको जारी बीमालेख सङ्ख्या तीन लाख २६ हजार दुई सय ६७ रहेको छ । बीमा शुल्क सङ्कलनमा मधेस प्रदेशको प्रतिशत भने ६.४१ प्रतिशत छ ।

आव २०८०/८१ सम्म मधेस प्रदेशमा सक्रिय बीमालेखको सङ्ख्या ५ लाख १५ हजार दुई सय ७३ छ । गत आवसम्ममा यो प्रदेशमा कृषि बीमा गर्ने पनि कम छन् । प्रदेशमा बालीको जारी बीमालेख सङ्ख्या तीन सय ४० छ । त्यस्तै पशुपक्षीको जारी बीमालेख सङ्ख्या ११ हजार पाँच सय ११ छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्