Shikhar Insurance
National Life

सामूहिक दुर्घटना बीमा गर्न र घर बनाउन नक्सा पास गर्दा बीमा अनिवार्य : प्रमुख सिंह

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार ११:३९
Hyundai
NCELL
NIMB

पर्सा । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले नगरपालीका क्षेत्रमा घर बनाउँदा नक्सा पास सँगै बीमा अनिवार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल बीमा प्राधिकरणकाे ‘वीरगञ्ज महानगरपालिकासँग नेपाल बीमा प्राधिकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बाल्दै नगरवासीको सामूहिक दुर्घटना बीमा गर्न र घर बनाउन नक्सा पास गर्दा बीमा अनिवार्य गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रमुख सिंहले महानगरपालिकाको भवनको बीमा गर्नका लागि प्रक्रिया अगाडि बढाउने उल्लेख गर्दै बीमा कम्पनीहरूले प्रतिवद्धता जनाएका कुराहरू कार्यान्वयन गर्नुपर्ने बताए । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले पालिकास्तरमा नै बीमा सम्बन्धी गुनासाहरू राख्नपाउने र समस्या समाधान गर्ने व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महानगरपालिको केही प्रतिशत बजेट छुट्याएर विपन्न तथा गरीब बर्गको बीमा गर्ने व्यवस्था गर्न सुझाव दिए । त्यस्तै, प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले विद्यालयका पाठ्यक्रममा ‘बीमा’ विषय समावेश गर्नुपर्ने आवश्यकता रहेकाे बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा बजारको विद्यमान अवस्था, बीमाको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू, अगुवा कृषक र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले गरेका थिए ।

त्यस्तै, प्राधिकरणले वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तरक्रिया गरेको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूले राखेका बीमादर लगायतका समस्याहरूको समाधानका लागि थप अध्ययन आवश्यक भएकाले थप अध्ययन गरी समाधान निकालिने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले उद्योगहरूको उद्देश्य र रणनीति फरक फरक हुने भएकाले सबैका लागि एउटै बीमादर हुन नहुने र बीमा कम्पनीहरू पारदर्शी हनुपर्ने विचार व्यक्त गरे ।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतमले बीमा दाबी भुक्तानीमा ढिलाई हने गरेको र कोरोना बीमाको बाँकी दावी भुक्तानी नहुँदा बीमाप्रतिको विश्वास घटेको धारणा राखे ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरू लगायत उद्योगी व्यवसायीहरू र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्