Shikhar Insurance
National Life

१० ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यू राष्ट्र बैंकले अन्तिम समयमा किन रोक्यो ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) प्रकृया रद्ध गरेको छ । राष्ट्र बैंकले केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी भारत कम्पनीसँगको एलपीआर गर्ने सम्झौता बिहिबार राती एक सूचना जारी गर्दै रोकेको हो ।

एलपीआरको प्रकृया रोकिनुमा प्राविधिक कारण रहेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोख्रेलले जानकारी दिए । सूचना अधिकारी डा.पोख्रेलले सिंहदरबारसँग भने, ‘भारतीय कम्पनीसँग टेक्निकल समस्याका कारण सम्झौता तोडिएको हो, लोन पोर्टफोलियो रिभ्यू नै रोकिएको भन्ने होइन, कम्पनीसँग बिडिङ प्रकृयामै समस्या आएपछि प्रकृया रोकिएको हो।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

डा. पोख्रेलका अनुसार अर्को कम्पनी फेरेर एलपीआरको प्रकृया अघि बढ्नेछ । राष्ट्र बैंक स्रोतका अनुसार १० बैंकको लेखापरिक्षण गर्न भारतीय कम्पनीसँग पारिश्रमिक सम्बन्धि विवाद भएको बुझिएको छ । यद्यपी राष्ट्र बैंकले वाणिज्य बैंकहरुको रिपोर्ट सुधारिने अनुकुल समय कुरेको र केहि बैंकहरु नै तलमाथि हुने सक्ने अवस्वस्थालाई समेत मध्यनजर गरेको अनुमान छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको शर्तमा राष्ट्र बैंकले १० ठूला बैंकहरुको एलपीआर गर्न सहमत भएको थियो । राष्ट्र बैंकले १० ठूला बैंकको विदेशी अडिट फर्मबाट लेखापरिक्षण गराउन ग्लोबल टेण्डर गरेको थियो ।

सो टेन्डरमा १० ठूला वाणिज्य बैंकको अडिट गर्न भारतीय कम्पनी केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी भारत छनोट भएको थियो ।

सो बोलपत्रमा ५ कम्पनीले सहभागिता जनाएका थिए । जसमा नेदरल्याण्डको डेलोइट फाइनान्सियल एडभाइजरी, जेभी सीएससी एण्ड को, जेभी एसबरबीए एण्ड बीके अग्रवाल भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस र पाकिस्तानको केपीएमजी तासेर हादी एण्ड को ले आवेदन दिएका थिए । यी मध्ये भारतीय कम्पनीले अडिटको जिम्मा पाएको थियो ।

 

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्