Shikhar Insurance
National Life

ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको ‘पन्च इभी’ सार्वजनिक, सुरुवाति मूल्य ३४ लाख

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार ११:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा पन्च इभीको रिजनल लन्च गरिएको छ । बिर्तामोडस्थित अलास्का अटोमोवाइल र बिराटनगरस्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको हो ।

साथै, सोहि कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ । सो, कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरु पन्च इभीको प्रतीक्षा गरिरहेका र लन्च कार्यक्रममा ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरु उत्साहित भएको कुरा अलास्का अटोमोवाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए ।

साथै, गत चैत्रमा भएको आइपीएलको समयबाटै गोयल अटो बिराटनगरमा पन्च इभीको सोधपुछ बढेको र अन्तत: गाडी बिराटनगरमा डेलिभरि गर्न पाउँदा गर्व महसुस भएको जानकारी स्नेह गोयलले गराए । पूर्वको लन्च सकेर अब टाटा पन्च इभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ । टाटा पन्च इभीको शुरुवाति मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो ।

पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/ एप्पल कार प्लेको आनन्द लिन सक्नु हुन्छ ।

पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्