Shikhar Insurance
National Life

प्रतिकित्ता २०८ रुपैयाँमा सूर्यज्योति लाइफको ८ लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १०:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीएनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ८ लाख १ हजार ४७६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २०८ रुपैयाँ तोकिएको छ । सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुल.े सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल काठमाडौंमा गई आफूले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्