Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्डले कृषि प्रशोधनमा लगानी गर्ने

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टले कृषि प्रशोधन लगायतका क्षेत्रमा  लगानी गर्ने भएका छन् ।  साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा बैंक र फण्डबीच  रणनितिक सम्झौता पत्रमा हस्ताक्षर भएको हाे ।

उक्त सम्झौता अनुसार कृषि, कृषि आपुर्ती, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच अभिवृद्धि तथा लगानीको आधार निर्माण गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास तथा आर्थिक प्रतिकुलताको समयमा पनि सञ्चालन सक्षमताको विकास गर्न एक आपसमा साझेदरी गर्ने सम्बन्धमा सहमति भएको बैंकले जनाएकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जस अन्तर्गत अध्यान्ता फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमहरुको वित्तीय लगानी, बजार विस्तार, व्यवसायिक विकास, वित्तीय व्यवस्थापन,व्यवसाय रणनितिको निर्माण, अनुपालना तथा सञ्चालन दक्षता वृद्धि गर्न प्राविधिक सहयोग गर्नेछ ।

साथै, बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको निति बमोजिम साना तथा मझौला उद्यमहरुको पुँजीको पहुँचलाई सहज बनाउन वित्तीय सेवा, प्रतित पत्र, विदेशी विनिमय व्यवस्थापन जस्ता सेवाहरु प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

यसबाट देशको दीर्घकालीन आर्थिक वृद्धिमा समेत टेवा पुग्ने विश्वास लिइएको बैंक द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्