Shikhar Insurance
National Life

२५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न इम्पेरियल सेक्युरिटिजले डाक्यो साधाराण सभा

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १०:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले १७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार असोज १८ गते कम्पनीको मुख्य कार्यालय अनामनगर काठमाडौंमा दिउँसो ३ बजे बस्ने आव्हान गरेको हो ।

सभामा २०८१ असार मसान्तमा कायम चुक्ता पूँजीमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा बोनस सेयर वितरण पश्चात सोही हदसम्म कायम हुने गरी चुक्ता पूँजी वृद्धि अद्यावधिक गर्न प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने ।

सभामा संसोधन सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले अघिल्लो आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पनि पारित गर्नेछ ।

सभाम चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको सूचनामार्फत जानकारी दिएको छ ।

साथै, साधाराण सभा प्रयोजनको लागि कम्पनीलेअसोज १० देखि १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार असोज ९ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन साउँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्