Shikhar Insurance
National Life

पोखरा-भैरहवा विमानस्थानलाई नियमित हवाई उडान गर्नेगरी तयारी भइरहेको छ : मन्त्री दाहाल

सिंहदरबार संवाददाता
२०८१ भाद्र २७, बिहीबार १९:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालले पोखरा भैरहवा विमानस्थानलाई नियमित हवाई उडान गर्नेगरी तयारी भइरहेको बताएका छन् । बिहिवार नेपाल उद्योग परिसङ्घद्वारा आयोजित ‘नेपाल इन्फ्रास्टक्चर समिट २०२४’ मा बोल्दै यस्तो बताएका हुन् ।

मन्त्री दाहालले सडक दुर्घटनाको विषयलाई मध्य नजर गर्दै सडक सुरक्षा ऐन छिट्टै सदनमा ल्याउने बताए । उनले डिजिटल पुर्वाधारलाई पहिलो प्राथमिकतामा रहेको बताउँदै भने, `नेपाल ठूला अर्थतन्त्र भएका दुई देशहरुको बीचमा रहेको छ । यो नेपालको लागि एउटा अवसर पनि हो । नेपालले दुई देशबीचको व्यापारमा पुलको काम गरेको छ ।´

Citizen Life
Kumar Bank
Prabhu Insurance

दाहालले हुलाकी मार्गले नेपाल र भारतलाई जोडेको बताए । त्यस्तै, निजी सडकलाई हवाई मार्ग रेल मार्गको केन्द्रको रुपमा विकास गर्ने र निजगण विमानस्थललाई पहिलो प्राथमिकता दिएको मन्त्री दाहालको भनाई छ । उनले पर्यटकिय क्षेत्रको स्तरोन्नति गर्न र होटल व्यवसायीहरुलाई थप प्रोत्साहन गर्नुपर्ने धारणा राखेका छन् । उनले क्षेत्रिय व्यापारका लागि आइटीसी पुर्वाधार आवश्यक रहेको उल्लेख गरे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्