Shikhar Insurance
National Life

साताको पुँजीबजार : करिब ३९ अंकले घट्यो बजार, लगानीकर्तामा छैन उत्साह

सिंहदरबार संवाददाता
२०८१ भाद्र २७, बिहीबार १९:११
Hyundai
NCELL
NIMB

साताको ४ दिन राताम्मे भएको सेयर बजार बिहिबार भने हरियाली छाएर बन्द भएकाे छ । समग्रमा सेयर बजार ३८.९८ अंकले घटेको यो साता सम्पुर्ण परिसूचकहरु समेत राताम्मै नै रहेका छन् ।

आइतबार देखि बिहीबारसम्ममा ९ करोड ७२ लाख ५१ हजार २ सय ९६ कित्ता सेयर किनबेच हुँदा ४१ अर्ब ८२ करोड ७५ लाख ३६ हजार ७ सय ६० रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साताको पहिलो कारोबार दिन अर्थात भदौ २३ गते नेप्से परिसुचक २५.४६ अंकले घटेर  २ हजार ७ सय १९  बिन्दुमा पुगेर बन्द भएको थियो ।

आइतबार ३ सय २८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर किनबेच हुदाँ १० अर्ब १२ करोड २४ लाख ८ हजार २ सय ४९ रुपैयाँको कारोबार भएको थियो । आइतबार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५७ कम्पनीको सेयर मूल्य घटेको थियो भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, सो दिन २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको थियो भने १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको थियो ।

साताको दोस्रो कारोबार दिन अर्थात भदौ २४ गते सोमबार पनि सेयर बजार दोहोरो अंकले घटेको थियो । नेप्से परिसूचक ५५.८६ अंकले घटेर २ हजार ६ सय ४६.०३ बिन्दुमा बजार बन्द भएको थियो ।

सोमबार ३ सय २७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता सेयर किनबेच हुदाँ ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २४ रुपैयाँको कारोबार भएको थियो । सो दिन २२ कम्पनीको सेयर मूल्य बढ्दा २ सय २२ कम्पनीको सेयर मूल्य घटेको थियो ।

साताको तेस्रो कारोबार दिन अर्थात भदौ २५ गते मंगलबार नेप्से परिसूचक १३.०९ अंकले घटेर २ हजार ६ सय ३२.९४ बिन्दुमा पुगेर बजार बन्द भएको थियो । मंगलबार ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर किनबेच हुदाँ ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार ६७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको थियो भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । साथै, सो दिन एकमात्रै कम्पनीकाे सेयरमा सकरात्मक सर्किट लागेको थियो ।

साताको चौथो कारोबार दिन अर्थात भदौ २६ गते बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको थियो । नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ बिन्दुमा बजार बन्द भएको थियो । बुधबार ३ सय १७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७ सय २४ कित्ता सेयर किनबेच हुदाँ ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँ कारोबार भएको थियो ।

बुधबार ६६ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७४ कम्पनीको सेयर मूल्य घटेको थियाे भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । साथै, बुधबार एक लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको थियो ।

साताको अन्तिम कारोबार दिन अर्थात भदौ २७ गते बिहीबार सेयर बजारमा उछाल आएको छ । नेप्से परिसूचक ७८.१७ अंकले बढेर २ हजार ६ सय ८८.३८ को बिन्दुमा बजार बन्द भएको हो ।

बिहीबार ३ सय १८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता सेयर किनबेच हुदाँ ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६ सय १२ रुपैयाँको कारोबार भएको छ । बिहीबार २ सय २९ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, बिहीबार ६ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको भने १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

साताको अन्तिम कारोबार दिन बजार केहि लयमा देखिए पनि समग्रमा भने यो साता सेयर बजारले लगानीकर्तालाई  निरास नै बनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्