Shikhar Insurance
National Life

खेलाडीहरूको स्वास्थ्य, शिक्षा रोजगारीको ग्यारेन्टी गर्न नसक्दा विदेश पलायन भए : खेलकुदमन्त्री चौधरी

सिंहदरबार संवाददाता
२०८१ भाद्र २७, बिहीबार १६:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरुलाई रोजगारी, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्न नसक्दा धेरै खेलाडीहरु विदेश गइरहेको बताएका छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

उनले खेलाडीहरु विदेश पलायन हुनु खेलकुद क्षेत्रको ठूलो समस्याका रुपमा रहेको बताए । उनले मन्त्रालयले अहिले राष्ट्रिय खेलकुद नीति प्रतिष्थापन गर्ने, राष्ट्रिय खेलकुद विकास ऐन र २०७७ को राष्ट्रिय युवा परिषद् ऐन र २०७२ को संशोधन गर्ने काममा लागेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले राष्ट्रिय गौरवका योजनाहरुको पूर्वाधार निर्माण कार्य शुरु भइरहेको जानकारी दिए । उनले कर्णाली प्रदेशका सरकारसँगको सहकार्यमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिरहेको बताए ।

सन् २०२६ मा जापानमा हुने एशियाली खेलकुद प्रतियोगिता लगायत अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा नेपाल पदक हाँसिल गर्नेगरी खेलाडीको क्षमता अभिवृद्धि गरी पदक हाँसिल हुनसक्ने खेलका खेलाडीलाई विशेष परीक्षणको व्यवस्था गर्न लागिएको जानकारी दिए ।

मन्त्री चौधरीले खेलको वर्गीकरण राम्रो किसिमले नभएको गुनासो गरे । उनले देशमा हुनै नसक्ने खेलका लागि रकम विनियोजन गरिएको बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्