Shikhar Insurance
National Life

गोरखामा १० लाख खर्चेर राधाकृष्ण मन्दिर पुन:निर्माण

सिंहदरबार संवाददाता
२०८१ भाद्र २७, बिहीबार १३:५१
Hyundai
NCELL
NIMB

गोरखा । सिरानचोक गाउँपालिका–५, छोप्राकस्थित फौदर गाउँको राधाकृष्ण मन्दिर पुन:निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो ।

मन्दिर व्यवस्थापन समितिका संयोजक शिवचन्द्र पोखरेलका अनुसार गाउँपालिकाबाट प्राप्त १० लाख तथा दुई लाख ५० हजार चन्दाका साथै जनश्रमबाट मन्दिर निर्माण भएको हो । सोही रकममध्येबाट राधाकृष्णको मूर्ति पनि खरिद गरिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘पुन:निर्माण गरिएको मन्दिर यस क्षेत्रको सबैभन्दा पुरानो हो,’ उनले भने ‘भूकम्पले क्षतिग्रस्त मन्दिर पुन:निर्माण नहुँदा धार्मिक अनुष्ठानका लागि हामीलाई समस्या थियो ।’

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्