काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा बजारमा कारोबार भएको छ । सुन अघिल्लो दिन १ लाख ५३ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी बुधबार १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्