Shikhar Insurance
National Life

२५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न बोलायो सिद्धार्थ क्यापिटल साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ भाद्र २७, बिहीबार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले असोज १८ गते १३ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालमा रहेको आफ्नै कार्यालयमा दिउँसो साढे ३ बजे बस्ने आव्हान गरेको हो ।

सभाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश कर सहित वितरण प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ ।

सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

साथै, गत आवमा भएको खर्च अनुमोदन र सञ्चालकको भत्ता वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित गर्नेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्