काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २६ गते बसिेको सञ्चालक समितिको निर्णय अनुसार असोज १८ गते याक प्यालेस पुल्चोक ललितपुरमा बिहान साढे ११ बजे बस्ने आव्हान गरेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभामा एफपीओ निष्काशन पश्चात प्राप्त पूँजीको उपयोग, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज २ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश साउँने एक सूनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्