Shikhar Insurance
National Life

पर्वतका विपन्न जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

सिंहदरबार संवाददाता
२०८१ भाद्र २७, बिहीबार १०:०९
Hyundai
NCELL
NIMB

पर्वत । जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ । आर्थिक अभाव तथा बुढ्यौलीलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य परीक्षण थालेको हो ।

जेष्ठ नागरिकमा सर्ने तथा नसर्ने रोगको अवस्था पहिचान गरी परामर्श र उपचारमा सघाउने उद्देश्यले प्रत्येक दुई महिनामा हरेक टोलमा स्वास्थ्यकर्मी पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणको व्यवस्था मिलइाएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जलजला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख गणेश मल्लले पालिकाक्षेत्रका ९ वटा वडाका ९० वटा टोलमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न स्वास्थ्यकर्मी परिचालन भएका बताए ।

स्वास्थ्य परीक्षण उनीहरुलाई नि:शुल्क औषधी पनि वितरण गरिनेछ । आर्थिक रूपमा अक्षम र सहाराविहीन यो कार्यक्रमबाट लाभान्वित हुने उनले जानकारी दिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्