Shikhar Insurance
National Life

श्री पशुपतिनाथ दर्शन गर्न आउने विदेशी भक्तजनहरुलाई छुट्टै लाइन बनाएर दर्शन गराइने

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १८:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । श्री पशुपति नाथ दर्शन गर्न आउने विदेशी भक्तजनलाई छुट्टै लाइन बनाएर दर्शन गराइने भएको छ । पर्यटन विभागले पशुपति क्षेत्र विकास कोषलाई पत्राचार गर्दै छुट्टै लाइन बनाएर दर्शन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

पर्यटन विभागका महानिर्देशक डा.नारायण प्रासाद रेग्मीले बुधबार कोषलाई पत्राचार गर्दै छुट्टै लाइन बनाइदिन आग्रह गरेका हुन् । विशेषगरी भारतबाट दैनिक ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकहरु नेपाल आउने गरेका छन् । यसरी आउने विदेशी धार्मिक पर्यटकहरुले मन्दिर दर्शन गर्न लामो समय कुर्नु परेपछि पर्यन विभागले सहजिकरण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा हिन्दुहरुका आराध्यदेव भगवान पशुपतिनाथको दर्शन गर्न विभिन्न मुलुकवाट आउनुहुने धार्मिक पर्यटकहरुलाई लाइनमा वसी दर्शन गर्न लामो समय लाग्ने भएको सन्दर्भमा विदेशी मुलुकवाट श्री पशुपतिनाथको दर्शनार्थ आउनुहुने श्रद्धालु धार्मिक पर्यटकहरुको सहजताको लागि छुट्टै लाइनको ब्यवस्था मिलाउने गरी आवश्यक सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछु ।’

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्