Shikhar Insurance
National Life

दशैंका लागि सुकिला नोट असोज १३ गतेदेखि सटही गर्न पाइने

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १७:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि २२ गतेसम्म दशैंमा माग हुने सुकिला तथा सफा नोट सटही गर्न सकिने जानकारी दिएको छ ।

बैंकले बुधबार एक सूचना जारी गर्दै बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट नोट सटही गर्न सकिने जानकारी दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको बैंकले सूचनामा उल्लेख गरेको छ ।

इच्छुकहरुले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सकिने बैंकले जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्