Shikhar Insurance
National Life

सानिमा बैंकका ग्राहकहरुलाई दूसित प्रिन्सेसमा १५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १६:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरुकाे प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाडौंमा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकले ग्राहकहरुले भिसा डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पूर्ण खाना लगायतका सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्ने छुटको व्यवस्था गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्