Shikhar Insurance
National Life

रकम ठगी गरेको अभियोगमा कलाकार पक्राउ

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १६:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) सूर्यमान शङ्करलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौं रकम ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने ‘पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।’ पक्राउ परेका निजले विदेश लैजाने भन्दै एक जनाबाट कम्तीमा पनि १५ देखि २० लाखसम्म उठाउने गरेको जानकारी आएकाले उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक बोगटीले बताए ।

पक्राउ परेका निज सूर्यमानको आज जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान सिआइबीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्