Shikhar Insurance
National Life

सेन्सेइले सुरु गर्‍याे ‘उत्सव खुसीयाली’ अभियान, सामग्री खरिदमा आकर्षक छुट

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १६:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सल अन्तर्गत सेन्सेइ ब्राण्डले चाडपर्वको अवसरमा ‘उत्सव खुसियाली’ अभियान सुरु गरेको छ । कम्पनीले चाडपर्वको खुसीयालीलाई थप रोमाञ्चक बनाउन सो अभियानको घोषणा गरेको हो ।

यस अभियानले ग्राहकहरूलाई सेन्सेइ ब्राण्डका घरायसी उपकरणहरूमा आकर्षक छुट र विशेष अफरहरू प्रदान गर्दै चाडपर्वको खुसीयालीलाई थप रोमाञ्चक बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने र टिकाउ हुने वाचा गर्छन् । यस अभियान अन्तर्गत, ग्राहकहरूले सेन्सेइ का घरायसी उपकरणहरू खरिद गरी बम्पर ड्रमा भाग लिन सक्नेछन् ।

बम्पर ड्रमा दुई जना भाग्यशाली विजेताहरूलाई ६५ टेलिभिजन जस्ता ठूलो पुरस्कार प्रदान गरिनेछ। यो अवसरले ग्राहकहरूको चाडपर्वलाई अझ रोमाञ्चक र सम्झनलायक बनाउने कम्पनीले जनाएको छ।

ग्राहकहरूको सुविधाका लागि, सिजी इलेक्ट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि (किस्ता) भुक्तानीको सुविधा उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार क्वीआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले अफरहरूको फाइदा उठाउन सक्छन् । सिजी इलेक्ट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्