Shikhar Insurance
National Life

बिआरआईले नेपाललाई फाइदा गर्छ : सचिव भट्टराई

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १६:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले बिआरआईले नेपाललाई फाइदा गर्ने बताएका छन् ।  चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा भएको १४औं विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले शान्तिपूर्ण प्रक्रियामार्फत आमजनताको समर्थनसहित समाजवादको बाटोमा नेपाल अघि बढेको स्पष्ट पारेका हुन् । भट्टराईले जनताको बहुदलीय

‘नेपालमा हामी समाजवादी उन्मुख संविधान स्वीकार गर्दै सामाजिक–आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौं, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ । जननेता मदन भण्डारीको नेतृत्वमा एमालेले जनताको बहुदलीय जनवादको सिद्धान्त विकास गरेको छ’ उनले भने ‘हामी नेपाली अभ्यास र नेपाली भूमिमा माक्र्सवादको रचनात्मक प्रयोगमा आधारित जबजको मार्गदर्शनसहित शान्तिपूर्ण माध्यमबाट समाजवाद हासिल गर्न चाहन्छौँ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारले छिमेकी देशसहित सबै मित्रराष्ट्रको साथ, सहयोग र ऐक्यबद्धताको अपेक्षा गरेको सचिव भट्टराईले बताए । उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्दै देश र जनताको पक्षमा कसैसँग सम्झौता नगरी आर्थिक समृद्धिका पक्षमा नेपाल जुटिरहेको उल्लेख गरे । एमाले नेता भट्टराईले पारस्परिक लाभ र भाइचाराको सम्बन्धलाई जोड दिँदै विश्व शान्ति र एकताको पक्षमा नेपाल रहेको स्पष्ट गरे ।

चीनबाट धेरै कुरा सिक्न चाहन्छौँ

सचिव भट्टराईले चिनियाँ समाजवादको मोडेल सफल रहेको भन्दै चीनबाट अझ धेरै कुरा सिक्न चाहेको बताए । उनले भने ‘चिनियाँ समाजवादको मोडेल सफल छ । हामी चीनबाट अझ धेरै कुरा सिक्न चाहन्छौँ । म तपाईं चिनियाँ कमरेडहरूलाई चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा हासिल गरेको ठूला सफलताका लागि धन्यवाद दिन चाहन्छु ।’

उनले भने ‘नेपाल भू–राजनीतिक रूपमा संसारका पहिलो र दोस्रो जनसङ्ख्या भएका देश चीन र भारतको बीचमा रहेको छ । चीन तीव्र रूपमा समृद्धितर्फ अघि बढिरहेको छ । हामी यो अवसरलाई नेपाली जनताको समृद्धि र खुसीका पक्षमा उपयोग गर्न चाहन्छौँ ।’

सचिव भट्टराईले नेपालले सन् २०१७ मा समृद्धि र विकासको अपेक्षासहित बिआरआईमा हस्ताक्षर गरेको उल्लेख गर्दै बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) बाट ठोस लाभ प्राप्त गर्नेमा आशावादी रहेको बताए ।

‘समाजवादी देशहरूबीच सहयोग अपरिहार्य’

सचिव भट्टराईले मानव सभ्यता र पृथ्वीलाई जोगाउन समाजवादी देशहरूबीच सहयोग अपरिहार्य रहेको धारणा राख्य । उनले भने ‘समाजवादी देशहरूको सङ्ख्या कम छ, वित्तीय रूपमा त्यति सबल छैनन् । यस्तो अवस्थामा समाजवादी मुलुकहरूका बीच सहयोग र सहकार्य आवश्यक छ ।’

बेइजिङमा जारी १४औं विश्व समाजवाद फोरममा ३० देशका कम्युनिष्ट नेता, माक्र्सवादी बुद्धिजीवी, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता गरी एक सय ५० भन्दा बढी प्रतिनिधिको सहभागी छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्