Shikhar Insurance
National Life

माओवादी केन्द्रलाई एमालेको प्रश्न: माओवादी विद्रोहमा हिंसा र प्रतिहिंसा भयो भनेर स्वीकार गरिएको होइन ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १५:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले तत्कालीन माओवादी विद्रोहलाई संविधान र कानूनमा कहीँ पनि जनयुद्ध भन्ने उल्लेख नभएको बताएका छन् ।बधबार प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका सांसदहरुले माओवादी विद्रोहलाई एमालेका सचिव योगेशकुमार भट्टराईले हिंसा भन्नु संविधान विपरित भएको जिकिर गरेका थिए ।

त्यसको जवाफ दिने क्रममा एमालेका प्रमुख सचेत बर्तौलाले संविधान, कानून, विस्तृत शान्ति सम्झौता र हालै पारित भएको टिआरसी विधेयकमा पनि माओवादी विद्रोहमा हिंसा र प्रतिहिंसा भएको स्पष्ट उल्लेख गरेको स्मरण गराउँदै त्यसलाई बिर्सन नमिल्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रमुख सचेतक बर्तौलाले संसदमा प्रयोग भएको शब्दमाथिको विवाद निरुपण गर्ने सभामुखको अधिकारमाथि धावा नबोल्न पनि माओवादी केन्द्रका सांसदहरुलाई चेतावनी दिए । सशस्त्र द्वन्दको क्रममा हिंसा भयो, प्रतिहिंसा भयो भनेर विस्तुत शान्ति सम्झौतामा नै उल्लेख गरिएको होइन ? भनि माओवादी केन्द्रका सांसदहरुलाई उनले प्रश्न पनि गरे ।

प्रमुख सचेतक बर्तौलाले शान्ति प्रक्रियाका बाँकी कामलाई अघि बढाउन सरकारलाई खवरदारी गर्नुपर्नेमा त्यसलाई भाँड्ने खालका कुरा गरेर प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले गलत काम गरिरहेको आरोप पनि लगाए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्