Shikhar Insurance
National Life

रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम ६ अर्ब ८५ करोड

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २२.७३ अंकले घटेर परिसूचक २६१०.२१ को बिन्दुमा पुगेर बजार बन्द भएको हाे ।

बुधबार ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७ सय २४  कित्ता सेयर किनबेच हुदाँ ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड ७३ लाख ६ हजार ८ सय ८५ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ हजार २ सय ५४ रुपैयाँ पुगेको छ ।

बुधबार ६६ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, बुधबार विन लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको भने एशियन हाइड्रोपावरको सेयर मूल्य ६.८८ प्रतिशतले घटेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्