Shikhar Insurance
National Life

योगेश भट्टराईले बोलेको ‘हिंसा’ भन्ने शब्द असंसदीय ठहर भएन, अभिलेखबाट हटाउनु नपर्ने

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १४:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । गत भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको भन्दै संसदको अभिलेखबाट नहट्ने भएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले भाद्र १२ गते बोलेको हिंसा भन्ने शब्द अंसदीय नभएको ठहर भएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताए । उनले सो शब्द संसदको अभिलेखबाट हटाउनु नपर्ने बताए ।

उनले पछिल्लो समय प्रतिकात्मक शब्द प्रयोग गर्दापनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको भन्दै सांसदहरुलाई संसदमा प्रश्तुत हुँदा शब्द चयनमा सचेत रहन रुलिङ गरे ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्