Shikhar Insurance
National Life

उपसभामुख रानाले पदबाट राजीनामा दिनुपर्छ : सांसद गौतम

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १४:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन सुझाव दिएकी छिन । उपसभामुख रानाले आफ्नो पदीय मर्यादालाई कायम राख्न पनि पदबाट राजीनामा दिनुपर्ने उनको जिकिर थियो ।

बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गौतमले उपसभामुख जस्तो व्यक्तिले असम्बन्धित मान्छेलाई अमेरिका लैजानका लागि सिफारिस गर्ने कुरा पदीय जिम्मेवारी विपरित र अपराधजन्य कार्य भएको बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले महिलाको कुरा गरेर, करुणाको कुरा गरेर उनीबाट भएको गल्तीलाई माफी दिन नसकिने बताइन् । सांसद गौतमले पदबाट राजीनामा दिएर उपसभामुख रानाले इमानको मानक राख्न सक्नुपर्ने समेत बताइन् ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्