Shikhar Insurance
National Life

२ महिना नपुग्दै राष्ट्र बैंकले खिच्यो ५ खर्ब रुपैयाँ, किन विस्तार हुन सकेन कर्जा ?

रोशनी तामाङ
२०८१ भाद्र २६, बुधबार १३:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले धमाधम पैसा तानिरहेको छ । आर्थिक गतिविधिमा सुधार आउने र कर्जा प्रवाह बढ्ने आकँलन गरिरहेको बेला तरलता प्रवाह बढ्दै गएको हो । तरलता प्रवाह बढ्दै जादाँ राष्ट्र बैंकले धमाधम बजारबाट पैसा उठाइरहेको छ । यस्तै, अपेक्षा गरेअनुरुप कर्जा विस्तार नभएपछि बैंकहरुले ऋण तथा निक्षेपको ब्याजदर घटिरहेको छ ।

नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ यता ४ सय ९० अर्ब रुपैयाँ बजारबाट खिचेको छ । बुधबार (भदौ २६ गते) मात्रै बैंकले ४० अर्ब रुपैयाँ बजारबाट तान्नका लागि सूचना जारी गरेको छ । राष्ट्र बैंकले साउन २ गते बैंकिङ प्रणालीबाट ५० अर्ब रूपैयाँ खिचेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, राष्ट्र बैंकमार्फत साउन ९ गते ४० अर्ब रुपैयाँ खिचेको थियो । बैंकले निक्षेप संकलन उपकरणमार्फत् साउन ९ गतेदेखि साउन ३० गतेसम्मका लागि ४० अर्ब रूपैयाँ तानेको हो । त्यसैगरी, बैंकले साउन १६ गते ४० अर्ब रुपैयाँ वाणिज्य बैंकहरुबाट खिचेको थियो । बैंकले साउन १६ गतेदेखि भदौ ५ गतेसम्मका लागि ४० अर्ब रूपैयाँ तानेको थियो ।

त्यसैगरी, सरकारले राष्ट्र बैंकमार्फत साउन २३ गते ४० अर्ब रुपैयाँ, भदौ २ गते १ सय अर्ब रुपैयाँ, भदौ १२ गते ४० अर्ब रुपैयाँ, भदौ १९ गते ४० अर्ब रुपैयाँ र भदौ २३ गते १ सय अर्ब रूपैयाँ बजारबाट तानेको छ । निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछ ।

वाणिज्य बैंकहरुले कर्जा विस्तार गर्न नसकेपछि निकै कम ब्याजमा राष्ट्र बैंकमा पैसा राख्न बाध्य बनेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत लगातार तरलता तानिरहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्