Shikhar Insurance
National Life

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १२:४०
Hyundai
NCELL
NIMB

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्दै छ । चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेपछि स्थगन भएको प्रदेशसभा बैठक दुई महिनापछि बस्न लागेको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवदीले जानकारी दिए । प्रदेशसभामा अहिले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र नीजि फर्मसम्बन्धी विधेयक छलफलका क्रममा रहेको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रदेश सरकारले साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक पनि केही दिन अघि प्रदेशसभा सचिवालयलमा दर्ता गराएको थियो ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्