Shikhar Insurance
National Life

युवाहरुमा आत्मविश्वास बढाउन ‘मिस्टर एण्ड मिस लियो’ हुने

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १२:४३
Hyundai
NCELL
NIMB

काठमाडौँ । चर्चित कार्यक्रम ‘मिस्टर एण्ड मिस लियो २०२४’ आउँदो अक्टोबर ५ (असोज १९ गते) मा हुने भएको छ । बहु–डिस्ट्रिक्ट काउन्सिल नेपालले मंगलबार सर्वनाम थिएटरमा पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएको हो ।

यो कार्यक्रम बहु–डिस्ट्रिक्ट काउन्सिल नेपालद्वारा आयोजित हुनेछ, जसमा १५ वटा डिस्ट्रिक्ट काउन्सिलहरूले सहभागिता जनाउने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाले दिएको जानकारी अनुसार यो प्रतियोगिता काठमाडौँको बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजना हुनेछ जसमा प्रत्येक डिस्ट्रिक्टबाट एक पुरुष र एक महिला गरी २ जना सहभागीहरु यस कार्यक्रममा प्रतिनिधित्व गर्नेछन् ।

कार्यक्रमका समन्वयक इन्जिनियर मनीष अर्यालका अनुसार प्रतियोगितामा विजयी हुने पुरुष र महिला दुवैलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमश: २० हजार र १० हजार नगद पुरस्कार दिइनेछ । यस कार्यक्रममा भाग लिन इच्छुक व्यक्तिहरुले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

सम्मेलनमा बताइए अनुसार प्रतियोगिताको तयारी स्वरूप १५ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । यस क्रममा नेतृत्व विकास, आत्म–संवर्द्धन, र्याम्प वाक, पोर्टफोलियो निर्माण लगायतका विभिन्न तालिमहरू दिइनेछ । प्रशिक्षण कार्यक्रम सेप्टेम्बर १५ पछि सर्वनाम थिएटरमा आयोजना हुनेछ ।

कार्यक्रमको उदेश्यप्रति प्रकाश पार्दै लियो डिस्ट्रिक्ट काउन्सिलका उपाध्यक्ष प्रवेश कुमार केसीले भने, ‘कार्यक्रमको मुख्य उद्देश्य युवाहरुलाई आत्मविश्वास बनाउँन, सक्षम र सफल भविष्यका लागि तयार पार्नु हो ।’

१८ देखि ३१ वर्षका लियो सदस्यहरूले जसले कम्तिमा एक वर्ष लियोको सदस्यता लिएका छन्, उनीहरुले यस कार्यक्रममा सहभागिता जनाउन सक्ने आयोजकले बताए । सो प्रतियोगिताले युवाहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न उत्कृष्ट अवसर प्रदान गर्ने देखिन्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्