Shikhar Insurance
National Life

उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा रहँदैन : अध्यक्ष राउत

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १२:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन् । बुधबार अध्यक्ष राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताएका हुन् ।

उनले सरकारले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्‍याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताए । संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले गलत नियत राखिएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने जानकारी दिए । उनले सरकार र प्रतिनिधि सभा साना पार्टीहरुलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको बताए । उनले आफूले सरकार भएको महशुस गर्न नसकेको पनि बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्