Shikhar Insurance
National Life

नबिल ब्यालेन्स्ड फन्ड-२ र नबिल फ्लेक्सी क्यापको लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १०:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ र नबिल फ्लेक्सी क्याप फन्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

क्यापिटलको भदौ  २५गते बसेको सञ्चालक समितिले नबिल ब्यालेन्स्ड फन्ड–२ ले कर सहित ८ प्रतिशत र नबिल फ्लेक्सी क्याप फन्डले कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नबिल फ्लेक्सी क्याप फन्डले लाभांश प्रयोजनको लागि आज (भदौ २६) बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंगलबार (भदौ २५) सम्म कायम इकाईधनीले मात्र लाभांश प्राप्त गर्न सक्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

साथै, लाभांश प्रयोजनका लागि नबिल ब्यालेन्स्ड फन्ड–२’ ले असोज असोज ११ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार असोज १० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्