Shikhar Insurance
National Life

भिम रावलसँग छलफल चलिरहेको छ: माधव नेपाल

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १०:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भिम रावलसँग छलफल भैरहेको बताएका छन् । ग्लोबल टिभीको तक्षशिला कार्यक्रममा अन्तरवार्ता दिँदै उनले भिम रावलसँग पार्टीमा आउनेबारे छलफल चलिरहेको बताएका हुन् । ‘भिम रावलजीसँग छलफल भैरहेको छ, उहाँसग मेरो चिनजान २०३६ साल देखि हो । उहाँसग अहिले पार्टीमा आउने र काम गर्नेबारे छलफल जारी छ, उहाँ सकारात्मक हुनुहुन्छ ।’, अध्यक्ष नेपालले भनेका छन् ।

उनले बामदेव गौतम पनि एकिकृत समाजवादीमा आउन तयार रहेको पनि खुलासा गरेका छन् । ‘बामदेव गौतम पनि हाम्रो पार्टीमा आउन तयारै हुनुहुन्छ, हामी छलफल गरिरहेका छौं, उहाँहरु चाँडै हाम्रो पार्टीमा सामेल हुनुहुन्छ ।’, अध्यक्ष नेपालले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्