Shikhar Insurance
National Life

जुम्लाका उत्पादन, कैलालीमा व्यापार

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १०:१०
Hyundai
NCELL
NIMB

कैलाली । कालिकोटकी हंशिला बमलाई हिजो आज यहाँ स्याउ बेच्न व्यस्त रहेकी छिन । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्छिन ।

तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आएकी उनलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । त्यही व्यापारबाट उनले कैलालीमा घर र जग्गा जोडेकी छिन भने घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थितिको मैले बुझेकी छु । छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो’, उनले भभनिन् ‘मैले जुम्लामा उत्पादन लिएर व्यापार सुरु गरेँ । व्यापारले मेरा आवश्यकता पूरा गर्यो ।’ यो वर्ष उनले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएको बताइन् । मागका आधारमा देशका अन्य जिल्लामा उनले स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहेको जानकारी दिइन् ।

जुम्लामा उत्पादित स्याउ प्रतिकेजी ७० मा खरिद गरेर तराई पुर्याएपछि प्रतिकेजी १ सयदेखि एक सय २० मा बिक्री गर्ने गरेको उनले बताइन् । ‘एक ट्रक स्याउ ल्याउन १ लाखभन्दा बढी खर्च हुन्छ’, हंशिला भनिन् ‘जुम्लाका किसानले स्याउको मूल्य पाएका छैनन् । ढुवानी खर्च अधिक छ’ उनले स्याउसँगै हिउँदयाममा सिमी, मकै, आलुलगायत उत्पादन पनि बेच्ने गरेको छिन । उनको भाइ र बहिनीले हंशिलालाई साथ दिएका छन् । हंशिला मात्र होइन कयौँले स्याउको व्यापारबाट मनग्ये आम्दानी गरेका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका स्याउ कालिकोटका रामु न्यौपानेले पनि तराई ल्याउने गरेका छन् । चार महिनादेखि स्याउको व्यापारमा लागेका उनी हरेक साता जुम्ला पुग्नेगरेको बताए । ‘चार महिनादेखि घर गएको छैन, स्याउ ढुवानी दैनिकी बनेको छ’, उनले भने ‘ मसँग आफ्नै गाडी छ । आफैँ गाडी चलाउँछु । जुम्ली उत्पादन खरिद गर्न त्यता गइरहन्छु ।’

उनले सडक सञ्जाल नभएका कारण वगैचामा नै स्याउ कुहिने गुनासो गरे । कालिकोटको पलाता गाउँपालिकामा अझै सवारीसाधन पुगेको छैन । त्यहाँ रामुले दुई हजार भन्दा बढी स्याउका बोट रोपेका छन् । ‘मेरो गाउँमा मात्र सयौँ क्विन्टल स्याउ उत्पादन भएको छ । बजार पुर्‍याउन यातायातको सुविधा छैन । भरियालाई बोकाउँदा बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन’, उनले भजने ‘कर्णालीमा सुन भएर के गर्ने त्यसको महत्त्व राज्यले अझै बुझेको छैन ।’

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्