Shikhar Insurance
National Life

सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति छैन : स्वास्थ्यमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १०:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति नरहेको बताएका छन् । मंगलबार वीरगञ्जमा नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच बिस्तारित क्यानसर उपचार सेवाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनशक्ति थप्ने मन हुँदाहुँदै पनि राज्यको आर्थिक अवस्थाका कारण सम्भव नरहेको बताए । उनले एकै पटक सय जना चिकित्सक र नरायणी अस्पताललाई आवश्यक नर्सहरुको दरबन्दी सिर्जना गरी थप्ने मन भएपनि देशको आर्थिक अवस्थाले नदिने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अस्पतालमा आवश्यक उपकरण भरिभराउ गर्ने इच्छा भएपनि आर्थिक अवस्था राम्रो नरहेको जानकारी दिए । मन्त्री पौडेलले भएका पूर्वाधारलाई व्यवस्थित गर्ने र भएका जनशक्तिबाट सेवा प्रभावकारी बनाउन जरुरी रहेको बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्