Shikhar Insurance
National Life

सरकारी कार्यालयमा कसरी हुन्छ टीएमएस बन्द ? कम्युटरमा बन्द भएपनि मोबाइलमा बन्द नहुने

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १९:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । केहि वर्षअघि सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीहरु १० बजे कार्यालय हाजिर गरेर नजिकका ब्रोकर अफिसमा सेयर खरिद बिक्री गर्न गएको भन्दै सिंहदरबारको पश्चिम गेटनै बन्द गरको थियो । सिंहदरबार भित्र पसेका कर्मचारीहरुलाई कार्यालय समय नसकिएसम्म बाहिर निस्कन समेत प्रहरीले केरकार गर्ने गरेको थियो ।

प्रविधिको विकास सँगसगै शेयर कारोबार ब्रोकरको शाखामै गएर गर्नुभन्दा अब मोबाइलबाट नै शेयर खरिद बिक्री गर्न सकिने प्रविधिको विकास भएको छ । प्रविधिको विकास भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालय समयभित्र कर्मचारीले शेयर खरिद बिक्री गर्न नपाउने गरी प्रणालीको विकास गर्न निर्देशन दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारी कार्यालयहरुमा शेयरको कारोबार रोक्न कर्मचारीहरुले संचालन गर्ने सबै कम्प्युटरमा टीएमएस लक गर्न मिल्ने एक ब्रोकर संचालकले बताए । ती संचालकले भने, ‘कुनै पनि कम्प्युटरमा टीएमएस लक गर्न मिल्छ, यसका लागि सबै सरकारी अड्डामा रहेको कम्प्युटरमा सेटिङ गर्नुपर्ने हुन्छ, तर यसरी कम्प्युटरमा शेयर बन्द हुदाँ कर्मचारीहरुको मोबाइलमा भने यस्तो प्रणाली विकास गर्न कठिन पर्ने देखिन्छ ।’

सरकारी कामकाजको हिसाबले सरकारी कार्यालयमा टिएमएस बन्द गर्ने विषय सहि भएता पनि खुला बजार नीतिका यो गलत भएको ब्रोकर एशोशिएसनका अध्यक्ष धर्म सापकोटाले बताए । उनले भने, ‘सरकारी कार्यालयमा टिएमएस बन्द गर्ने विषय टेक्निकल्ली रुपमा मलाई धेरै थाहा छैन, तर सरकारले यस्तो निर्णय गरिरहँदा खुला बजारको नीतिमा भने असर पर्न जान्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै जनगुनासोलाई सम्बोधन गर्न सरकारी अड्डामा टीएमएस बन्द गर्न निर्देशन दिएको बताएका छन् । उनले लेखेका छन्, ‘सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु  कानुनी दृष्टिले पनि अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस)  प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा  टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु।’

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्