Shikhar Insurance
National Life

प्रचण्डलाई काँग्रेस सांसदको प्रश्न: नेपालमा बंगलादेश जहाजमा ल्याउनुहुन्छ की रेलमा ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १८:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश बंगलादेश बन्दैछ भन्दै भ्रम पैदा गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आपत्ति जनाएका हुन् । उनले केही समयअघि देश श्रीलंका बन्छ भन्दै हल्ला गर्ने र अहिले देश बंगलादेश बन्छ भन्दै भ्रम पैदा गर्ने गरेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बंगलादेश नेपालमा रेल चढाएर ल्याउने की हवाई जहाज चढाएर ल्याउने भन्दै प्रश्न गरे । उनले पूर्वप्रधानमन्त्री जस्तो मान्छेले जनतामा भ्रम पैदा गर्न नहुने भन्दै सचेत गराए ।

उनले भने, ‘विदेशी मुद्राको सञ्चिति खत्तम छ भनेर हल्ला मच्चाएका छन् । देश श्रीलंका जस्तो हुन्छ, नेपाल श्रीलंका जस्तो बन्छ भन्नेहरु पनि छन् । उनीहरुका लागि विदेशी मुद्राको सञ्चिति बढेर गएको छ । अहिले अर्कोथरीले बंगलादेशको हल्ला गर्दैछन्, बंगलादेश जस्तो नेपालमा ल्याउने, बंगलादेश नेपालमा रेल चढाएर ल्याउनुहुन्छ की हवाई जहाज चढाएर ल्याउनुहुन्छ ।’

सांसद मिश्रले सरकारले जनतालाई आशा जगाउने काम गर्नुपर्ने बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्