Shikhar Insurance
National Life

सरकारले चाडवाड लक्षित सुपथ मूल्य पसल असोज ७ गतेबाट सञ्चालन गर्ने

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले चाडवाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सो जानकारी दिएका हुन् ।

उनले चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था गरिरहेको बताए । उनले उपभोक्ता अदालत गठनको लागि प्रक्रिया अगाडि बढिसकेको पनि जानकारी दिए । उनले बजारमा उच्च मागहरु हुने समयमा मूल्य अस्वभाविक रुपमा वृद्धि गर्नसक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिब्रता दिइएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सूचना र अनुसन्धानका आधारमा बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने संवेदनशील, जोखिमयुक्त बजार क्षेत्रको यकिन तथा विश्लेषण गरी नियमित एवं आकस्मिक अनुगमन गर्ने बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत स्थानीय तहहरुसँगको समन्वयमा रैथाने बाली र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न ति वस्तुहरुको खरिद गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले अहिलेको सरकारसँग धेरै अपेक्षा रहेको बताए । अपेक्षा बढी हुनेसँग बिरोध, असहमति र मागहरु बढी हुने जानकारी दिए । जायजपूर्ण मागहरुलाई, जनताका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिने बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्