Shikhar Insurance
National Life

काभा क्लव महिला भलिबलमा स्वर्ण जित्ने पुलिसको लक्ष्य

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १८:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । माल्दिभ्समा हुने काभा महिला क्लव भलिबल च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपालको पुलिस टोलीले स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

आगामी सेप्टेम्बरमा १५ देखि माल्दिभ्सको मालेमा पहिलोपल्ट महिला क्लव भलिबल च्याम्पियनसिप शुरु हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको लिग च्याम्पियन नेपाल पुलिस क्लवले प्रतिष्पर्धा गर्दैछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुलिसले यसै च्याम्पियनसिपका लागि करिव एक महिना प्रशिक्षण गर्दै आएको छ । प्रशिक्षक रूपेश विष्टले लामो समयदेखि प्रभावकारी प्रशिक्षणसँगै सन्तुलित टोली रहेकाले सुखद् नतिजा पाउने आशा गरेका छन् ।

यसै च्याम्पियनसिपका लागि पुलिसले बाहिरको क्लबबाट पनि खेलाडी भित्राएको छ । एपिएफकी स्पाइकर सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्युडायमन्डकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई पुलिसले मालेमा हुने च्याम्पियनसिपका लागि भित्राएको हो ।

त्यसबाहेक पुलिसमा राष्ट्रिय टोलीका चार खेलाडी छन् । महत्त्वपूर्ण आउट साइड हिटर उषा भण्डारी र पुनम चन्द, अपोजिट हिटर कामना विष्ट, लिबेरो शान्तीकला तामाङले गत महिना मात्र काभा महिला नेसन्स लिगमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए । त्यसबाहेक टोलीमा अनुभवी सेटर कमला पुन छिन् ।

उनलाई सरस्वती कट्टेलले सघाउनेछिन् । लक्ष्मी चन्द अपोजिट सेटर, कोपिला राना मिडल ब्लकर र मनिषा चौधरी गरी पुलिसको टोलीमा कुल १४ खेलाडी छन् । थप चार अफिसियलसहित पुलिस कुल १८ सदस्यीय टोलीसहित माल्दिभ्स प्रस्थान गर्दैछ ।

यस च्याम्पियनसिपका लागि आयोजक माल्दिभ्सको दुई टोलीसहित नेपाल, उज्वेकिस्तान, किर्गिस्तान र श्रीलंकाका लिग च्याम्पियनले चुनौती प्रश्तुत गर्ने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । यद्यपि, केही दिनमा सहभागी टोली र समूहचरणबारे टुङ्गो लाग्ने चन्दले बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्