Shikhar Insurance
National Life

आवासीय चिकित्सकहरुमाथिको श्रम शोषण अन्त्य गर्न सांसद कार्कीको माग

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १७:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले निजी मेडिकल कलेजहरुले आवासिय चिकित्सकहरुमाथि गरिरहेको श्रम शोषण अन्त्य गर्नुपर्ने बताएकी छिन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले नीजि मेडिकल कलेजहरुले आवाशिय चिकित्सकहरुमाथि श्रम शोषण र अत्याचार गरिरहेका बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले ०७२ घण्टासम्म निरन्तर श्रममा लगाउनेसम्मको अवस्था रहेको भन्दै श्रम शोषणको अन्त्य गर्न आग्रह गरिन् । उनले सरकारी मेडिकल कलेजहरुले भर्ना शुल्क २२ लाख रुपैयाँ मात्र लिएपनि नीजि मेडिकल कलेजहरुले भने त्योभन्दा बढी शुल्क लिइरहेका भन्दै आफुहरुले त्यसरी माफियाकरण हुन नदिने चेतावनी दिइन् ।

उनले भर्ना शुल्क २२ लाख रुपैयाँबाट क्रमश: घटाउँदै नि:शुल्क बनाउन माग गरिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्