Shikhar Insurance
National Life

अमेरिकाको टेक्सासमा कन्सुलर अफिस खोल्न प्रधानमन्त्रीलाई सांसद शाहीको आग्रह

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १७:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले अमेरिकाको टेक्सास शहरमा कन्सुलर अफिस खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको क्रममा अमेरिकाको टेक्सास शहरमा कन्सुलर अफिसको स्थापना गरेर आउन आग्रह गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सो शहरमा नेपालीहरुको धेरै बसोबास भएपनि कन्सुलर अफिस नहुँदा समस्या परिरहेको बताए । उनले अमेरिकास्थित नेपाली राजदुतावासको कार्यालय सानो तर राजदुतको आवासिय भवन ठूलो भएको भन्दै यि भवनहरुपनि साटफेर गर्न आग्रह गरे ।

उनले भने, ‘६६ वर्ष अगाडीको राजदुतावासको जमिन र आजको जमिन नेपाली राजदुतावासमा होइन कि कसैको क्यान्टिनमा गएजस्तो बिल्डिङ बनाएका छन् । राजदुत बस्ने घर ठुलै छ । राजदुतावास सानै छ । राजदुत बस्ने घर चाहीँ राजदुतावास बनाइदिनुस् । राजदुतावास भएको घर चाहीँ राजदुत बसाइदिनुस् । टेक्सासमा कन्सुलर अफिस खोल्न पनि आग्रह गर्छु ।’

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्नेमा जोड पनि दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्