Shikhar Insurance
National Life

संसदको गरिमा बचाउन उपसभामुखले राजीनामा दिनुपर्छ : सांसद गिरी

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १७:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का सांसद पदम गिरीले संसदको गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले उपसभामुख रानाले संसद बाहिरका व्यक्तिहरुलाई अमेरिका लान आफ्नो लेटरप्याड प्रयोग गरी दुतावासमा पत्र लेख्नुले संसदको गरिमामा आँच पुगेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले उपसभामुखको कदमले सांसदहरुको शिर निहुराएको र लज्जित बनाएको बताए । उनले उपसभामुखले पदीय मर्यादा अनुरुप काम गर्न नसकेको भन्दै पदबाट राजीनामा दिन आग्रह गरे ।

उनले उपसभामुखले संसदको मर्यादा र गरिमालाई कायम राख्न नसकेको बताउँदै संसदको मर्यादा कायम राख्नका लागि उपसभामुखको राजीनामा आउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘उपसभामुखले अमेरिकाको न्युर्योक शहरमा महिलाहरुको एउटा कार्यक्रममा जानको निम्ति आफ्नो लेटरप्याड प्रयोग गरेर त्यो पनि वैदेशिक रोजगारी व्यवसायीहरुको मिलेमतोमा संसदबाहिरका ४/५ जना मान्छेहरुलाई कार्यक्रममा जानका निम्ति दुतावासमा पत्र लेखेर दुतावास धाउने कुराले यो सिंगो संसदको गरिमामा आँच आएको छ कि छैन ? सार्वभौमसत्ता सम्पन्न यो संसदका सदस्यहरुको शीर निहुरिएको छ कि छैन ? यस्ता कुराहरुले लज्जित बनाउँछ ।’

‘३/४ महिनाको अवधिमा उहाँले सोच्नुहोला । उहाँ आवद्ध रहेको दलसँग पनि बसेर छलफल गर्नुहोला र यसपछि निकास दिनुहोला भन्ने हामीलाई लागेको थियो । त्यसकारणले म आग्रह गर्न चाहन्छु, उपसभामुखले यो संसदको गरिमालाई बचाउनका निम्ति पनि उहाँले आफ्नो पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा यो संसदको गरिमा उँचो हुन्छ । सिंगो संसदको मर्यादाको निम्ति उहाँले यो कदम चाल्नुपर्छ’ उनले भने ।

उनले उपसभामुखले निकास दिनुहोला भन्ने सोचेर अहिलेसम्म बाटो हेरेको भएपनि अहिलेसम्म कुनै सम्बोधन नभएपछि यो विषय संसदभित्र प्रवेश गरेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्