Shikhar Insurance
National Life

विदेशी काठ आयात प्रतिस्थापनमा सांसदहरुको जोड

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १६:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । सांसदहरुले स्वदेशी काठको उत्पादन बढाएर विदेशी काठ प्रतिस्थापनमा जोड दिएका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि काठ लगायत वन पैदावारको आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकको विशेष समयमा बोल्दै सांसद नारायणदत्त मिश्रले मुलुकमा वन र कृषिविज्ञ भए पनि देशमा कृषि उपज तथा काठ आयात भइरहेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले कृषि तथा वनपैदावार आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । ‘हामी वनजङ्गलको धनी मुुलुक भन्छौं, वनमा बुढा काठ सडाएर विदेशबाट काठ ल्याउनु उपयुक्त होइन । तसर्थ स्वदेशी जङ्गलका काठ व्यवस्थापन गरेर विदेशी काठ आयात प्रतिस्थापन गर्नुपर्छ,’ उनले भने ‘हामी कृषिप्रधान मुलुक भन्छौं तर कृषिजन्य वस्तु आयात गरेर मुलुक कहिले धनी बन्छ ? कृषि उत्पादन बढाउन सरकारले जोड दिनुपर्छ ।’

यसैगरी, उनले विदेशी ऋण मुलुकको आवश्यकताका आधारमा मात्रै लिनुपर्ने बताए । मिश्रले नि:शुल्क शिक्षा र नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध हुनुपर्नेमा जोड दिए ।

सांसद तुलसाकुमारी दाहालले नालापानीको युद्धमा विगतमा मुलुकलाई जोगाउने नेपालीको बहादुरीको प्रशंसा गरिन् ।

सांसद झक्कुप्रसाद सुवेदीले ठूला शक्तिशाली पार्टीसँगसँगैै सरकारमा बसेको संसदीय दलमा अहिलेसम्म कुनै ‘रेकर्ड’ नभएको भन्दै यी ठूला दलले मात्रै संविधान संशोधन गर्नुपर्नेमा जोड दिनु गम्भीर विषय भएको बताएकी छिन् । ‘यो संविधान धेरैको बलिदानबाट आएको हो, यो संविधान नेपाली जनताको घर हो,’ उनले भनिन् ‘तसर्थ दुई ठूला पार्टीले मात्रै संविधान संशोधन गर्न सक्दैन, यो कदापि मिल्दैन ।’

GBIME

प्रतिक्रिया दिनुहोस्