Shikhar Insurance
National Life

सांसद पौडेलको प्रश्न: दशौँ मन्त्रीमाथि प्रश्न उठेको छ, राजीनामा दिन तयार हो ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १६:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उपसभामुखमाथि महाअभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले उपसभामुखलाई हटाउने कुरा संसदमा प्रवेश हुनु दु:खदायी भएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सहमतीको आधारमा उपसभामुख बन्नु भएकी इन्दिरा रानालाई हटाउनुले लोकतन्त्र अगाडी बढ्न नसक्ने धारणा राख्नुभयो । उहाँले यसरी हटाउने प्रवृत्तिले लोकतन्त्रको संरक्षण, विकास र सहकार्यको प्रणाली अगाडी बढ्न नसक्ने बताए ।

उनले प्रश्न उठ्नासाथ राजीनामा दिनुपर्ने भए मन्त्रीहरुबारे पनि धेरै प्रश्नहरु रहेको उल्लेख गरे । उनले सरकारका मन्त्रीमाथि भूटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धु टि स्टेट प्रकरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन तयार हो भनि प्रश्न गरे ।

उनले भने, ‘एकजना महिला, जनजाति सहमतिको आधारमा आउनुभएको । सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो भनेको दुई तिहाई सरकारले हटाउने कुरा सदनमा प्रवेश हुने कुरा निकै दु:खदायी छ । यसले लोकतन्त्र अगाडी बढ्न सक्दैन । बालुवाटार जग्गा प्रकरणमा प्रश्न उठ्यो । गिरिबन्धु टि स्टेटमा प्रश्न उठ्यो । राजीनामा दिन तयार हुनुहुन्छ ? एकजना सामाजिक सेवाबाट आएको उपसभामुखलाई चारै तिरबाट शक्तिको प्रयोग गर्ने ?’

उनले उपसभामुख रानालाई नडराउन आग्रह गर्दै माओवादी केन्द्र साथमा रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्