Shikhar Insurance
National Life

सहकारीसम्बन्धि छानविन समितिको ध्यान मोड्न म माथि ठगीको आरोप लगाइयो : धनराज गुरुङ

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १५:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आफूमाथि सहकारी छानविन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि यस्तो आरोप लगाइएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरे ।

उपसभापति गुरुङले आफूमाथि आशंका भए तत्काल छानविन गर्न पनि सरकार र संसदको ध्यानाकर्षण गराए । उनले आफूले निष्ठा, नैतिकता र सुशासन प्रर्दशन गर्दै आएको भन्दै त्यसमा प्रतिवद्ध रहेको पनि दोहोर्‍याए ।

उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानविन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरे ।

उनले भने, ‘संसदीय छानविन नै गर्नुपर्छ भने पनि म तयार छु । प्रमाण लुकाउन सक्ने गृहमन्त्री जस्तो जिम्मेवार पदमा म छैन । विगतमा पनि कुनै आरोप लाग्दा सम्मानित अदालतबाट निर्दोष सावित भएको स्मरण गराउन चाहन्छु । सहकारी ठगी सम्बन्धि प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयबस्तुलाई अन्तै मोड्न रचिएको यो घटनाको छिटो भन्दा छिटो छानविन गर्न माग गर्दछु ।’

‘म माथि कुनै आशंका छ भने तुरुन्तै म माथि पनि छानविन गरियोस् । कुनैपनि गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिन हुन्न भन्ने मान्यतामा म सधैँ अडिक छु । जसले सुशासन कायम गर्नका लागि २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरु र नेपाल सरकारका कर्मचारीहरुको सम्पत्ति छानविन हुनुपर्छ भनेर यसै संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । धनराज गुरुङ खुला किताव हो । जसले जताबाट अनुसन्धान थालेपनि हुन्छ ।’

उपसभापति गुरुङले आफूले श्रीमति ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेको पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्